तपाईँले कुनै रूख बिरुवामा जेलिएको पहेँलो लहरा देख्नुभएको होला । तपाईँलाई लाग्न सक्छ कि यो सामान्य लहरा मात्र हो । तर, यसको आयुर्वेदमा निकै महत्त्व छ ।
आयुर्वेदमा धेरै यस्ता रूख–बिरुवाहरू छन्, जसले स्वास्थ्यको लागि औषधिको रूपमा काम गर्छ । यीमध्ये आकाशबेलीको नाम पनि शीर्ष स्थानमा आउँछ ।
धेरै पहिलादेखि आयुर्वेदले यसको प्रयोग औषधि बनाउनमा गर्दै आएको छ । आकाशबेली नेपालमा पाइने एक किसिमको लहरा हो । जरा नहुने भएकाले यसलाई बिनाजरी वा आकाशबेली भन्ने गरिन्छ ।
यो औषधिको रूपमा प्रयोग हुन्छ । आकाश बेली परजीवी जडीबुटी हो । यो अन्य बोटबिरुवामा लटपटिएर आफ्नो भरण पोषण गर्ने गरेको हुन्छ । यो औषधि निमको बोटमा देखिएमा अझ उत्तम मानिएको छ ।
आकाशबेलीलाई घरेलु औषधीको भण्डार मानिएको छ । आकाश बेलीमा अर्को बोटको रस हुने भएकाले कस्तो बोटमा यो छ भन्ने कुरामा विशेष ध्यान पुर्याउन आवश्यक छ ।
हामीले यो पनि बुझ्न जरुरी छ की यसले चुस्ने बोट कस्तो छ भन्ने कुरामा भर पर्दछ । निमको बोटमा उम्रेको आकाश बेलीको फाइदा सबैभन्दा राम्रो मानिएको छ ।
यसलाई थिचेर औषधिको रूपमा झोल बनाएर सेवन गर्ने परम्परा छ । रोगीको अवस्था हेरेर यसको मात्रा तोक्नु पर्दछ । योग्य अनुभवी चिकित्सकको परामर्शमा मात्रै औषधि सेवन गराउनु राम्रो हुनेछ ।
अब कुरा गरौँ आकाशबेलीका फाइदाहरूको विषयमा
– सम्पूर्ण पोषक तत्त्वहरूले भरिपूर्ण आकाशबेली पुरुषको स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । यसले पुरुषमा टेस्टोस्टेरोनको स्तर बढाउन मद्दत गर्छ, जसले प्रजनन क्षमता र मांसपेशीहरूको विकासमा सहयोग गर्छ । यसका साथै, यसले पुरुषलाई तनाव र थकानबाट राहत दिलाउन पनि मद्दत गर्छ ।
– प्राचिनकालदेखि आकाशबेलीलाई जन्डिसको उपचार गर्न प्रयोग गरिन्छ । यसको रस जन्डिसको उपचार गर्न प्रयोग गरिन्छ । यसलाई जन्डिसको साथै दुखाइ, ट्युमर र छालाको संक्रमण जस्ता अन्य रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ ।
– आकाशबेलीको प्रयोगले मुखको घाउ निको पार्दछ । आकाशबेलीमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी जस्ता धेरै गुण पाइन्छ, जसले मुखको घाउहरू निको पार्न मद्दत गर्छ ।
– शरीरमा बढ्दै गरेको खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्नमा पनि आकाशबेलीले महत्वपूर्ण भूमिका खेल्छ । यसमा भएका औषधीय गुणहरूले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोललाई बनाउन मद्दत गर्छ । यसका साथै यसले रक्तचापलाई स्थिर राखेर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको नियमित प्रयोगले मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम हुन सक्छ ।
– औषधीय गुणहरूले भरिपूर्ण आकाशबेलीमा एनिमिया जस्तो खतरनाक रोगसँग लड्न मद्दत गर्छ । आकाशबेलीमा आइरन, क्याल्सियम, भिटामिन सी जस्ता तत्त्व पाइन्छ । जसले हेमोग्लोबिनको कमीलाई पूरा गरेर रगतलाई स्वस्थ राख्न मद्दत गर्छ ।
– कपाल सम्बन्धी समस्याहरूबाट छुटकारा पाउन पनि यसको प्रयोग गर्ने गरिन्छ, साथै यसको प्रयोग पायल्स रोगको उपचारमा पनि गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया