मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई फेरि लाग्यो चोरीको आरोप

काठमाडौँ– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ लाई पुनः चोरीको आरोप लागेको छ । कलाकार तथा निर्देशक अजित लामिछानेले आफ्नो फिल्मको कथा र प्लट निर्देशक सरोज पौडेलले चोरी गरेको आरोप लगाएका हुन् ।

उनले आफ्नो फिल्मको कथा निर्देशक पौडेललाई सुनाएको र उक्त कथा र केही प्लट चोरी गरिएको आफूले पाएको लामिछानेले दाबी गरेका छन् ।

‘जब पहिलो पटक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को थिम पोस्टर सार्वजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो । एउटा सारङ्गी रेट्ने बाबुले आफ्नो छोरालाई काँधमा हालेर हिँडेको थिम पोस्टर थियो त्यो । म झस्किनुको कारण के थियो भने उक्त घोषणा गरिएको फिल्मको कथा र निर्देशक सरोज पौडेलको थियो ।,’ लामिछानेको दाबी छ, ‘सरोज पौडेल तिनै व्यक्ति थिए जसलाई दुई वर्ष पहिले अनामनगरस्थित गोर्खा एफ.एम. चोक छेउ को एक चिया पसलमा भेट्दा मैले गर्न खोजिरहेको चलचित्र ‘लाज’ को २२औं ड्राफ्ट वाला स्कृप्ट बेलिबिस्तार लगाउँदै मजाले सुनाएको थिएँ ।

उनले अहिले फिल्मको पूरै कथा खुलाउने अवस्थामा नरहेको तर आफूले सुनाएको फिल्मको कथा र प्लट ‘पूर्णबहादुरको सारङ्गी’ मा हालिएको दाबी गरेका छन् । उनले आफ्नो फिल्मको कथा अरु निर्माता र निर्देशकलाई समेत सुनाएको बताएका छन् ।

‘कथाकार र निर्देशक भनिएका सरोज पौडेल कति नैतिकवान मान्छे हुन् त्यो म भन्न सक्दिनँ तर अरुको सिर्जना चोरेर आफ्नो बनाउने निर्देशक सरोज पौडेललाई मैले के भन्नेरु,’ उनको भनाइ छ ।

यसअघि पनि यो फिल्ममाथि चोरीको आरोप लागेको थिए । एक जना उपन्यासकारले आफ्नो कृतिसँग आफ्नो फिल्मको प्लट मिलेको आरोप लगाएका थिए । निर्माण टिमले त्यसको खण्डन गरेको थियो ।

यस्तो छ आरोप:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?