मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड

काठमाडौँ – ‘पूर्ण बहादुरको सारङ्गी’ले सबैभन्दा बढी कमाउने नेपाली फिल्मको रेकर्ड बनाएको छ । 

यो फिल्मले  घरेलु बक्सअफिसमा १२ दिनमा २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक मनोज राठीले यो अहिलेसम्मकै नेपाली फिल्मको सबैभन्दा धेरै ग्रसकलेक्सन भएको बताए ।

यसअघि यो रेकर्ड ‘कबड्डी ४’को नाममा रहेकोमा ‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनमै तोडेको हो । ‘कबड्डी’ले २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

अहिले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक उच्च शोसहित प्रदर्शनरत छ । त्यसैले यसले कलेक्सनमा अझै धेरै करोड थप हुने निश्चित छ ।

सरोज पौडेलले निर्देशन गरेको फिल्ममा विजय बराल मुख्य भूमिकामा छन् । यसबाहेक प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलाई फिल्ममा देख्न सकिन्छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।  कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेको यो फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?