भैरहवा – डेभिस कपमा नेपालबाट अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगितामा भाग लिने टिमको नेतृत्व गर्ने टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाइ गरिएको छ।
खेलकुद पत्रकार मञ्चसहित क्रियाशील पत्रकारहरूले ज्ञवालीलाई बुधबार बिदाइ तथा शुभकामना दिएका छन्। रुपन्देही लनटेनिस संघका अध्यक्ष समेत रहेकी ज्ञवालीले लनटेनिस विकासमा लागेको अनुभव बताउँदै २०५८ सालदेखि निरन्तर लागेको बताए।
लनटेनिसको हबका रूपमा बुटवल चिनिएको उनले बताए। नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टिमको नेतृत्वमा जाने भएका हुन। नोभेम्बर १८- २४ सम्म बहराइनमा हुने डेभिस कपमा १७ देशका खेलाडीहरूले भाग लिएका छन्।
प्रतियोगितामा नेपालबाट खेलाडीहरू पुरुषतर्फ अभिषेक बास्तोला, प्रदीप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट, प्रजना मानन्धर रहेका छन्।
पुरुष टिम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टिमको प्रशिक्षक सरद लामा, महिला टिम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरि १४ जनाको टिम मंसिर १ गते काठमाडौँबाट बिदाइ हुनेछ।
नेपालको रेकिङ १५ स्थानमा रहेको छ। कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारीले काठमाडौँबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरू खुलेको बताए। रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरूलाई जाने टिमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, खेलकुद पत्रकार मञ्चका सचिव मनोरञ्जन शर्माले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया