मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मधुमेहका बिरामीले खान नहुने यी फलफूल

मधुमेह अर्थात् सुगरका बिरामीहरूले गुलियो खानेकुराहरू सेवन गर्नुहुँदैन भन्ने कुरा तपाई हामीले सुनिरहेकै कुरा हो ।

यसैगरी चामल अर्थात् भातको सेवन पनि निकै कमै मात्रामा गर्नुपर्छ भनेर हामीले पढिरहेका हुन्छौ । आज हामी तपाईँहरूका लागी नयाँ कुरा अर्थात् मधुमेहका बिरामीहरूले खान नहुने फलफूलहरूको विषयमा पनि जानकारी गराउँछौ । 

फलफूलमा पानी, भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट र विभिन्न प्रकारका पोषक तत्त्वहरू पाइन्छन्। प्राकृतिकरुपमा पाइने गुलियोपनाले शरीरलाई कुनै पनि हानि पुर्‍याउँदैन ।

फलफूल स्वास्थ्यका लागि फाइदाजनक पनि छ । तर, मधुमेह भएका व्यक्तिहरूले कुन फलफूल खाने, कुन नखाने थाहा पाउन धेरै आवश्यक छ ।

चेरी

मध्यम आकारको एक कप चेरीमा १८ ग्रामसम्म चिनी हुन्छ । यदि, कोही मधुमेहका बिरामीले चेरी खान चाहन्छन् भने एकदमै कम मात्रामा खानुपर्ने हुन्छ । त्यसैगरी, तौल कम गर्न चाहने व्यक्तिहरूले पनि चेरी नखाएकै राम्रो हुन्छ ।

अङ्गुर

अङ्गुर पनि स्वादिलो र मिठो फलमा पर्छ । मध्यम आकारको एक कप अङ्गुरमा २३ ग्रामसम्म चिनी हुने भएकाले मधुमेहको समस्या भएका व्यक्तिले धेरै मात्रामा अङ्गुर खानु हुँदैन । 

आँप

फलको राजा भनेर आँपलाई लिने गरिन्छ । आँप मन नपराउने व्यक्ति सायद कमै होलान्।् । एक दाना आँपमा ४५ ग्रामसम्म चिनी हुने हुनाले मधुमेह भएका व्यक्तिले आँप खान उचित मानिँदैन ।

एभोकाडो

एभोकाडो स्वास्थ्यका हिसाबले एकदमै लाभदायक फल मानिन्छ। एभोकाडोमा १.२२ ग्रामसम्म चिनी हुन्छ । यसलाई हामी सलाद, टोस्ट र जुस बनाएर पनि खान सक्छौँ। एभोकाडोमा चिनीको मात्रा एकदमै कम हुने भएकाले जुनसुकै रोगका बिरामीले पनि खान सक्छन्। तर, मधुमेहका बिरामीले भने कम खादा राम्रो हुन्छ । 

तरबुजा

गर्मीमा सबैभन्दा बढी खाइने फलफूल मध्ये तरबुजा पनि एक हो । तरबुजामा प्रशस्त पानीको मात्रा पाइने भएकाले गर्मीयाममा बढी खाने गरिन्छ । तरबुजाले शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमीलाई पूरा गर्ने गर्दछ । एउटा तरबुजामा १७ ग्रामसम्म चिनीको मात्रा हुने भएकाले मधुमेहका बिरामीहरूले यो पनि नखाएकै राम्रो। यदि खानै पर्यो भने पनि थोरै मात्रामा खान सकिन्छ ।

केरा

केरालाई शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ । पाकेको एक कोसा केरामा १४ ग्रामसम्म चिनी हुन्छ । हामीले केरालाई नास्ताका रूपमा पनि खान सक्छौँ भने धेरै भोक लागेको र शक्ति चाहिएको समयमा पनि खान सक्छौँ । तर, मधुमेह र तौल कम गर्न चाहने व्यक्तिहरूले भने केरा सकेसम्म नखाएकै राम्रो हुन्छ  ।

अम्बा

अम्बा प्रायः सबै मौसममा पाइन्छ। अम्बालाई स्वादिलो र मिठो फलका रूपमा लिने गरिन्छ। एउटा मध्यम आकारको अम्बामा ५ ग्रामसम्म चिनी र ३ ग्रामसम्म फाइबर पाइन्छ । यदि कसैलाई अत्यधिक मात्रामा फाइबर चाहिएको छ भने अम्बालाई नतासेर छाला सँगै खान सकिन्छ। त्यस्तै अम्बालाई हामीले जुस बनाएर पनि खान सक्छौँ ।

नासपती

एउटा मध्यम आकारको नासपतीमा १७ ग्रामसम्म चिनी रहेको हुन्छ । नासपती खादा रगतमा चिनीको मात्र बढ्ने सम्भावना बढी भएकाले मधुमेहका बिरामीले नासपती सकेसम्म नखाएकै राम्रो हुन्छ । खानै परे पनि थोरै खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?