काठमाडौँ – भारतीय पुर्वओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
कर्णाली याक्सले ३८ वर्षीय भारतीय पूर्वखेलाडी धवनलाई भित्र्याएको हो । धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन् । धवनले गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए ।
भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० खेलेका धवनले आइपिएल टिम पञ्जाव किंग्सको कप्तानी पनि गरेका थिए । उनले आइपिएलमा पञ्जाव किंग्ससहित डेकन चार्जर्स, मुम्बई इण्डियन्स दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबाट खेलेका थिए ।
उनले भारतकालागि अन्तिम खेल २०२२ को डिसेम्बरमा खेलेका थिए ।
सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले यसअघि पाकिस्तानका अल राउण्डर हुसैन टलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पहिलो नेपाल प्रिमियर लिग आगामी मङ्सिर १५ देखि पुस ६ सम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया