मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्तानको योजनामा हुनुहुन्छ ? यी हुन् ध्यान दिनुपर्ने कुराहरू

बिना तयारी गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्यमा कतिपय अवस्थामा जटिलता देखिन सक्छ । स्वास्थ्य परीक्षणपछि आधारभूत प्रक्रिया पुर्‍याएर गर्भवती हुँदा यस्ता जटिलता कम गर्न सकिने स्त्रीरोग विशेषज्ञ डा.सुमि मुनकर्मी बताउछिन् ।

यसकारण सन्तानको योजना बनाउनुअघि आएका दम्पतीहरूलाई हामीले केही महत्त्वपूर्ण सुझाव दिने गरेका छौँ । 

– शुरुमा श्रीमान्–श्रीमती दुवैको हेल्थ हिस्ट्री चेकजाँच गर्नुपर्ने हुन्छ जसबाट उनीहरू र परिवारका सदस्यमा केही समस्या भए नभएको पत्ता लगाइन्छ । यसबाट गर्भवती हुनुअघि महिलाको शरीरमा कुनै समस्या रहेछ भने परीक्षणबाटै थाह हुन्छ । 

–परीक्षणका क्रममा महिलामा उच्च रक्तचाप, मधुमेह,थाईराइड, मिर्गौला या मुटुसम्बन्धी कुनै रोग भए नभएको पत्ता लगाउन सकिन्छ । यस्तो समस्या भए सतर्कता अपनाउन सकिन्छ । र यी रोगहरूलाई निर्मूल बनाएर मात्रै सन्तानको योजना राख्न सुझाइन्छ । यसैगरी पुरुषको हकमा पन कुनै भित्री रोगहरू छ की या कुनै अन्य रोगहरूको औषधि लिइरहनुभएको छ की भन्ने कुरा मुख्य रहन्छ । 

–यदि दम्पतीले कुनै अन्य रोगहरूको औषधि लिइरहेको,उपचार गराइरहेको अवस्था छ भने रोग निर्मूल बनाएर मात्रै सन्तानको योजना बनाउनुपर्छ । र यदि महिला पुरुष दुबैमा केही स्वास्थ्य समस्याहरू छैन भने गर्भवती हुने तिन महिना अघिदेखि नै फोलीक एसीडको सेवन गर्नुपर्छ । जसले बच्चा स्वस्थ जन्मन सहयोग गर्छ । 

–मोटोपन भएकाहरूले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ । किनभने मोटो अवस्थामा गर्भवती हुँदा गर्भ खेर गइरहने सम्भावना रहेकाले तौल घटाउन सल्लाह दिइन्छ । 

–अर्को मुख्य कुरा के छ भने महिलामा महिनावारी नियमित भइरहेको छैन महिनावारीमा गडबडी भइरहेको छ भने पनि गर्भ रहन समस्या हुन्छ । यसकारण परीक्षण आवश्यक छ । 

मुख्य कुरा त नवदम्पत्तिहरुले स्वस्थ जीवनशैली अपनाउन आवश्यक छ । मद्यपान,धूम्रपान, लागूपदार्थ लगायत निकोटिन भएका चिजहरूको सेवन बन्द गर्नुपर्छ । नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ, शरीरलाई फिट र स्वस्थ बनाउनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?