मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चालाई कति पानी खुवाउने ?

पानी मानव जीवनको लागि ज्यादै महत्त्वपूर्ण छ । पानी विनाका पृथ्वी र मानव जीवनको कल्पना पनि गर्न सकिदैन् ।

मानव शरीरको पाचन प्रक्रिया, रक्तसञ्चार, शरीरको तापक्रम नियन्त्रण आदि कामहरूमा पानीको भूमिका महत्त्वपूर्ण छ ।

बालबालिका तथा किशोरकिशोरीले दैनिक कति पटक पानी पिउनुपर्छ भन्ने बारेमा खासै सल्लाह दिइँदैन । शोधकर्ताहरू भने विद्यार्थीले बिहानै उठेर पानी पिउनुपर्ने बताउँछन् ।

वास्तवमा बच्चालाई कति परिमाणमा तरल पदार्थ चाहिन्छ भन्ने कुरा मौसम र उसको शारीरिक गतिविधिमा निर्भर हुन्छ । तर सामान्यतया चारदेखि आठ वर्ष उमेरका बालबालिकाले दैनिक झण्डै १.२ लिटर पानी पिउनु आवश्यक हुन्छ ।

त्यस्तै ९ देखि १३ वर्षका बालकले १.६ लिटर र सोही उमेर समूहका बालिकाले १.४ लिटर पानी पिउनुपर्छ । त्यसैगरी १४ वर्षभन्दा बढी उमेरका किशोरहरूले दैनिक १.९ लिटर तथा किशोरीहरूले १.६ लिटर पानी पिउनु आवश्यक हुन्छ ।

तापक्रम अनुसार पनि बच्चाहरुलाई पानीको मात्रा मिलाउनु पर्छ । गर्मी मौसममा शरीर धेरै तातो हुने तथा गर्मी मौसममा बच्चाहरु धेरै चल्ने भएको कारण अरु बेलाको तुलनामा गर्मीमा बच्चाहरुलाई धेरै पानी दिनुपर्छ ।

यसका साथै उनीहरुको पिसावको रंगको आधारमा पनि पानी कुन अनुपातमा आवश्यक छ भन्ने कुरा बुझ्न सकिन्छ । यदि बच्चाको पिसावको रंग सफा छ भने उसको शरीरमा पानीको मात्रा सन्तुलित रुपमा छ भन्ने कुरा बुझ्नुपर्छ ।

यदी पिसावको रंग पहेलो भएमा शरीरमा पानीको मात्रा कम भएको छ भन्ने कुरा बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?