मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नियमित त्रिफला सेवन गर्दा पुग्छ फाइदै–फाइदा

स्वस्थ र दीर्घायु जीवनका लागि अमृत समान औषधि हो त्रिफला । त्रिफला भनेको हर्रो एक भाग, बर्रो दुई भाग र अमला तीन भागको मिश्रणमा बनाइएको आयुर्वेदिक औषधि हो ।

यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एक पटक लिनु उपयुक्त हुन्छ । यसको नियमित सेवनले सबै प्रकारका रोगबाट मुक्त हुन सकिने आयुर्वेदिक चिकित्साले जनाएको छ । त्रिफलाले विभिन्न रोगहरूबाट बचाउँछ ।

त्रिफलाले ग्यास्ट्रिक, मधुमेह, कफ, पित्त, छाला तथा आँखा सम्बन्धी रोग, मोटोपनना घटाउन, मानसिक तनाव कम गर्न सहयोग पुर्‍याउँछ ।

यस्तै पाचन शक्ति बढाउने, कब्जियत हटाउने, प्रजनन स्वस्थ्य तथा महिनावारीको समस्या कम गराउने स्वरमा सुधार ल्याउने र रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । त्रिफलाको नियमित सेवनले शरीरका सम्पूर्ण विकारहरू निकाल्ने काम गर्छ ।

नियमित त्रिफला सेवनको यस्तो छ फाइदा

–त्रिफला सेवन गरेको एक वर्षभित्रमा तपाईँमा आलस्यको समस्या हट्छ । तपाईँमा भएको कमजोरी तथा थकानलाई टाढा बनाउँछ ।

–त्रिफलाको सेवन दुई वर्ष सम्म नियमित गर्दा सबै प्रकारको रोगबाट मुक्ति मिल्छ ।

–तीन वर्षसम्म नियमित त्रिफलाको प्रयोग गर्दा आँखाको ज्योति राम्रो हुन्छ ।

–चार वर्षसम्म नियमित त्रिफला सेवा गर्दा तपाईँको शरीरको सुन्दरता बढ्छ ।

–नियमित पाँच वर्षसम्म त्रिफला सेवन गर्दा बौद्धिक विकास हुन्छ ।

–बाह्र वर्षसम्म नियमित त्रिफलाको सेवन गर्नाले शरीरलाई निकै फाइदा पुर्‍याउँछ ।

–मानिसको शरीर बलियो हुन्छ । यस्तो वर्षौँसम्म नियमित त्रिफला प्रयोग गर्दा कपाल कालो हुने, शरीरमा वृद्धता हटाई जवान देखिने हुन्छ ।

त्रिफला सेवन गर्दा यस्तो कुरामा ध्यान दिनुस्

त्रिफला सेवा गर्दा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर त्यसको लागि सही तरिकाले त्रिफलाको सेवन गर्नुपर्छ । त्रिफला खाली पेटमा सेवा गर्नुपर्छ । त्रिफला सेवन गरेपछि एक घण्टा सम्म केही खानु हुँदैन ।

त्रिफला सेवन गर्दा शुरुवातमा पेट सफा गर्ने भएकाले २,४ दिनसम्म दिनमा दुई पटक सम्म पातलो दिसा आउनसक्छ । यसमा आत्तिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?