मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घ्यु सेवनले बढाउँछ तपाईँको आयु !

घ्यु एकदमै पोषिलो खानेकुरा हो । बालकदेखि वृद्धासम्म हरेक उमेर समूहका व्यक्तिहरूका लागी यसले पोषण प्रदान गर्छ ।

खानासँग,रोटीसँग र अन्य खाना–खाजासँग यसलाई खान सकिन्छ । सामान्यतः खानामा धेरै प्रयोग गरिने घ्यूले शरीरको तौल बढाउने विश्वास गरिन्छ ।

तर, घ्यूमा पाइने थुप्रै प्रकारका पोषण तत्त्वका कारण स्वास्थ्यमा थुप्रै फाइदा दिनुका साथै यसले शरीरमा थप  तौल बढाउनुको सट्टा कम गर्न मद्दत गर्छ । यस्तै अन्य विविध फाइदाहरू पनि छन् । 

यस्ता छन् घ्यु सेवनबाट मिल्ने लाभहरु

–सामान्यतया घ्यू भैँसी र गाईको दूधबाट बनाउने गरिन्छ । यसका साथै, बाख्रा, भेडा, चौँरी आदिको दूधबाट पनि घ्यू तयार पारिन्छ । नेपाली खानामा धेरै प्रयोग हुने घ्यूमा ९९.९  प्रतिशत फ्याटको मात्रा पाइन्छ । घ्यू सेचुरेटेड फ्याटबाट तयार गरिन्छ । त्यसैले यसलाई जुन ठाउँमा राख्दा पनि बिग्रिने समस्या हुँदैन । घ्यूमा हुने फ्याटी एसिड संरचनाको विषयमा गरिएको अनुसन्धानका अनुसार घ्यू डोकोस्याक्सिनोइक एसिडको राम्रो स्रोत मानिन्छ । डोकोस्याक्सिनोइक एसिड सबैभन्दा लोकप्रिय ओमेगा ३ फ्याटी एसिड पाइन्छ । ओमेगा ३ फ्याटी एसिड उचाइ बढाउन आवश्यक डाइट मानिन्छ । 

–डोकोस्याक्सिनाइक एसिडले क्यान्सर, हृदयघात, इन्सुलीन प्रतिरोध, हाडजोर्नीको दुखाई जस्ता समस्याबाट बचाउँछ । घ्यूले शरीरलाई विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । आयुर्वेदका अनुसार घ्यूले आयु बढाउन पनि मद्दत गर्छ । 

–यदि तपाई तौल घटाउने योजनामा हुनुहुन्छ भने दुई चम्चा घ्यूको सेवन गर्ने गर्नुहोस् । यसमा भएको अमिनो एसिडले फ्याट सेल्सको आकार सानो बनाउँछ । 

–घ्युले छाला स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ । 

–यसैगरी कब्जियतका बिरामीलाई पनि घिउ सेवन निकै फाइदाजनक हुन्छ । 

–शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

–यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने काम समेत गर्छ ।

–यसले शरीरमा भिटामिन डी अवशोषित गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्त्वपूर्ण छ ।

–घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ । 

–शरीरलाई चङ्गा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग  पुर्‍याउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?