मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

हरिवंश आचार्यको लोकप्रिय चरित्रमा बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’ बारे के भन्छन् निर्देशक?

काठमाडौँ– दीपेन्द्र के खनालले निर्देशन गरेका फिल्मले व्यावसायिक रुपमा सफलता पाएका छन् । उनका फिल्मले समीक्षकबाट पनि तारिफ पाउने गरेका छन् ।

यसैबीच हरिवंश आचार्यको शीर्ष भूमिका रहने फिल्म ‘हरिबहादुर जुत्ता’ मा खनालको निर्देशन रहने पक्का भइसकेको छ । उक्त फिल्ममा हरिवंश आचार्यका अलावा प्रियंका कार्की, स्वस्तिमा खड्का, दिव्य देव, दिनेश काफ्ले लगायतका कलाकारको समेत अभिनय रहने भएको छ ।

फिल्ममा स्वस्तिमाको मुख्य भूमिकामा अभिनय रहने निर्माण टिमले जानकारी दिएको छ ।

यसैबीच फिल्मका निर्देशक दीपेन्द्र के खनालले ‘हरिबहादुरको जुत्ता’ मा कमेडी शैलीमा निर्माण हुने बताएका छन् । जोय नेपालसँगको कुराकानीका क्रममा उनले फिल्मको कथा मह जोडीको लोकप्रिय टेलिश्रङ्खला ‘मदनबहादुर हरिबहादुर’ को हरिबहादुर चरित्रमा आधारित हुने बताए ।

उनले भने, ‘फिल्म हरिबहादुरको चरित्रमा आधारित हुनेछ, फिल्ममा कमेडी शैलीबाट सामाजिक सन्देश दिनेछौँ ।’

उनका अनुसार यतिबेला तीब्र रुपमा फिल्मको तयारी भइरहेको छ । ‘मदनबहादुर हरिबहादुर’ मा हरिबहादुरको चरित्र नकारात्मक भूमिकामा छ । यद्यपि दर्शकले रुचाएको चरित्रमध्ये ‘हरिबहादुर’ चरित्र पनि निकै लोकप्रिय चरित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?