मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पृथ्वीको गुरुत्वाकर्षण बल आधा भयो भने के हुन्छ ?

काठमाडौँ– यो ब्रह्माण्ड यति ठूलो छ कि, यो ठ्याक्कै यत्रो छ भनेर कसैले पनि कल्पना गर्न सकेका छैनन् । हामी रहेको पृथ्वीको जस्तो ब्रह्माण्डमा भएका हरेक ग्रह तथा पिण्डहरूको आफ्नै गुरुत्वाकर्षण बल छ ।

ती ग्रहले आफ्नो गुरुत्वाकर्षण बलको माध्यमबाट अरु वस्तुलाई आफुतर्फ आकर्षित राख्ने क्षमता राख्छन् ।

न्यूटनले प्रतिपादन गरेको गुरुत्वाकर्षणको सिद्धान्त अनुसार ब्रह्माण्डमा भएका प्रत्येक कणले एकअर्कालाई आफूतर्फ आकर्षित गर्छन् । नेसनल साइन्स फाउण्डेसनको एक रिपोर्ट अनुसार पृथ्वीको औसत गुरुत्वाकर्षण बल ९ दशमलब ८ प्रतिवर्ग सेकेण्ड छ । यदि पृथ्वीको गुरुत्वाकर्षण बल अहिलेको भन्दा आधा भयो भने के हुन्छ? यो धेरैका लागि चासोको विषय हो ।

मानौँ कि, पृथ्वीको गुरुत्वाकर्षण बल नै छैन भने हामी हावामै तैरिन सक्छौँ । तर, अहिलेको भन्दा आधा भयो भने तपाईँ धेरै माथिसम्म उफ्रन सक्नुहुन्छ ।

विमान टेकअफ गर्न अहिले जति बल चाहिँदैन । अहिलेको भन्दा कम इन्धन खर्च गरेर पनि विमान टेकअफ गर्न सकिन्छ । यसैगरी बलमा कम तीव्रता हुन्छ ।

गुरुत्वाकर्षणको कमीले वायुको चापमा पनि कमी हुनेछ । हिमालमा जस्तै जमीनमा पनि श्वासप्रश्वास गर्न समस्या हुने महसूस हुन सक्छ ।

यसै गरी एक वर्षमा दिनहरु लामो हुनेछन् । किनकि सूर्यले पृथ्वीलाई कम बलले आफूतिर तान्नेछ । पृथ्वीको गति सुस्त हुनेछ । दिनहरु झण्डै दोब्बर बढ्नेछ ।  एक वर्षमा करीब ५१७ दिन हुनेछ ।

गुरुत्वाकर्षण घट्नुले सूर्यमा पनि असर पर्नेछ । अर्थात् सूर्य पनि सानो तारा बन्नेछ । जसका कारण पृथ्वीको तापक्रम माइनस १०० डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?