मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिमल स्याङ्तानको शब्द रचनामा ‘च्याङ्बाको सुन्दर गाउँ’

काठमाडौँ– गायक एवं गीतकार बिमल स्याङ्तानको शब्द रचनामा ‘च्याङ्बाको सुन्दर गाउँ’ गीत सार्वजनिक भएको छ ।

विष्णु तामाङको सङ्गीत तथा एरेन्ज रहेको गीतमा गायिका माया राईको स्वर समावेश छ । साधनाको आधिकारिक युट्युब च्यानलबाट गीतलाई मङ्गलबार सार्वजनिक गरिएको हो । गायिका राईकाे प्रस्तुतिमा सार्वजनिक गरिएकाे गीतमा सागर पुनको रेकर्ड रहेको छ भने गीतको भिडियो शरण हुमागाईंले लिएका छन् ।

यस अघि गायक एवं गीतकार स्याङ्तानको ‘वैंशको मात,’ ‘हजार जुनीसम्म’लगायतका गीतहरु सार्वजनिक भएका छन् ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?