मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ टायरमा स्पाइक किन लगाइन्छ ?

काठमाडौँ– तपाईंले नयाँ टायर किन्दा कहिल्यै याद गर्नु भएको छ ?

हरेक नयाँ टायरमा स्पाइक लगाइएको हुन्छ । यस्तो किन गरिएको हो भन्नेबारे तपाईंले जानकारी लिन खोज्नु भएको छ ?
हरेक नयाँ टायरमा सानो स्पाइक्स जस्तै संरचनाहरु राखिएको हुन्छ ।

आखिर किन नयाँ टायरमा काँडा जस्तै संरचनाहरु राखिएका हुन्छन् ? तिनीहरुको भूमिका के हो त ?

खासमा जब टायरहरु बनाइन्छ । तब नै यस्ता साना स्पाइकहर स्वचालित रुपमा बनाइएको हुन्छ । तिनीहरुलाई अलग बनाइएको हुँदैन । टायर बनाउँदा सँगै बनाइएको हुन्छ ।

टायर बनाउँदा पहिले तरल रबर मोल्डमा खन्याइन्छ । त्यसपछि यसलाई मोल्डमा विस्तार गर्नको लागि हावाको चापको प्रयोग गरिएको हुन्छ ।

टायरमा एकैसाच ताप र दबाबको कारण रबर र मोल्डको बीचमा हावा बुलबुले बन्न थाल्छ । यी बुलबुले टायरको गुणस्तरलाई असर गर्न सक्छ । त्यसैले तिनीहरुलाई हटाउनका दबाब लागू गरिएको हुन्छ ।

जब हावाको चाप सानो प्वालबाट बाहिर निस्कन्छ, तब थोरै मात्रामा रबर पनि बाहिर निस्कन्छ । टायर बनेपछि यसलाई मोल्डबाट बाहिर निकालिन्छ । यसका साथै यी सपाइकहरु टायरमा अड्किन्छन् ।

तर टायरमा यसको कुनै उपयोग छैन । टायरको केही दिनको प्रयोगपछि यो स्वचालित रुपमा समाप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?