डेङ्गु
जाडोयाम सुरु हुँदै गर्दा शुरुमा म अहिले सलबलाइरहेको रोग डेङ्गुको सन्दर्भमा बुझौँ । यो रोग जाडो,गर्मी दुवै महिनामा च्याप्ने रोग हो ।
पछिल्लो समय यसरोगबाट धेरै मानिसहरू पीडित छन् । कतिपयले यसै रोगका कारण अकालमै ज्यान समेत गुमाएका छन् । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।
मलाई धेरैले सोध्नुहुन्छ मलाई डेङ्गु भएको छ मैले मेरो बच्चालाई स्तनपान गराइरहेको छु मेरो बच्चालाई सर्छ कि सर्दैन । पहिलो कुरा त डेङ्गु मानिसबाट मानिसमा सर्ने रोग होइन । यो लामखुट्टे टोकाइबाट मात्रै सर्ने रोग हो । डेङ्गु भयो भने ज्वरो आउने, रुघा लाग्ने, शरीर दुख्ने,ज्यान गल्ने, पखाला लाग्ने, उल्टी गर्ने आदि हुन्छ ।
टाइफाइड बिग्रन्छ, पिसाब पोल्छ दिर्घरोगीहरुलाई थप समस्या दिन सक्छ । यसको उपचारको कुरा गर्नुपर्दा सामान्यतया सिटामोलको सेवन गर्नुपर्छ । घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने,पानी जम्न नदिने गर्नुपर्छ ।
रुघाखोकी
यो पनि एक भाइरल इन्फेक्सनको कारणले हुने स्वास्थ्य समस्या हो । साधरणतया यो २ देखी ३ दिनसम्म रहन्छ । यसको रोकथाम तातोपानी खाने,चिसोबाट बच्ने नै हो । जो व्यक्तिसँग रोगसँग लड्ने क्षमता कम हुन्छ त्यो व्यक्तिले सतर्कता अपनाउनुपर्छ ।
उसलाई निमोनिया हुनसक्छ । र अर्को भनेको भ्याक्सिनको प्रयोग पनि गर्न सक्छन् । र गर्मी महिनाको तुलनामा चिसो महिनामा र मौसम परिवर्तन हुने समयमा यो रोगले च्याप्ने गर्छ ।
ज्यान दुख्ने
हाम्रो सेल्सको भित्र भाइरस बस्ने भएकाले शक्ति नै खाईदिन्छ र ज्यान एकदमै दुख्छ । शरीरमा धेरै भाइरसहरू भए भने उनीहरूले मानव शरीरमा बनाएको खाना निकाल्ने क्रममा पनि ज्यान एकदमै दुख्ने गर्छ ।
हातखुट्टा सुन्नीने
जाडो मौसममा हातखुट्टा सुन्नीने समस्या धेरैलाई हुन्छ । चिसोको एलर्जीका कारण हातका,खुट्टाका केही औलाहरू रातो हुने,सुन्नीने,चिलाउने समस्या उत्पन्न हुन्छ । यसको निवारणका लागी हामीले नुनपानीमा हातखुट्टा सेकाउने,तेल लगाएर मालिस गर्ने हिटर ताप्ने गर्नुपर्दछ । र अर्को कुरा भनेको चिसो पानीमा धेरै काम नगर्नुहोस् ।
निमोनिया
रुघाखोकी बिग्रिएर फोक्सोमा सङ्क्रमण हुने रोग हो निमोनिया । सामान्यतया पाँच वर्षमुनि बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ । दम, मधुमेह, क्यान्सर, मिर्गौला, कलेजो, मुटुरोगी, क्षयरोग तथा फोक्सोको रोग, एचआईभी, एड्स रोगबाट सङ्क्रमित भएका वा अन्य दीर्घरोगी व्यक्तिलाई र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई जोखिम बढी हुन्छ । निमोनिया बच्चा र वृद्धलाई मात्र होइन, हरेक उमेर समूहका व्यक्तिलाई हुन सक्छ । मौसमी भाइरल ज्वरो पनि रुघाखोकीको कारण बन्न सक्छ । यसकारण यस्तो अवस्थामा तातो पानी पिउने, झोलिलो खानेकुरा र पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्नुपर्छ ।
बाथ, जोर्नी दुख्ने
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छ । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् ।
यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।
पिनास, टन्सिल
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ ।
यसरी पानी भरिएपछि पिनास हुन्छ । टन्सिल पनि जाडोमा निम्तिने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ ।
फिजिसियन डा.सञ्जय शाहसँग गरीएको कुराकानीको आधारमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया