काठमाडौँ – तुलसी विवाहको दिन विधि अनुसार भगवान शालिग्राम र माता तुलसीको पूजा गर्नाले जीवनमा सुख-समृद्धि आउँछ, यस दिन यो उपाय गर्नाले तपाईको भाग्य परिवर्तन हुन सक्छ।
तुलसी विवाह यो बर्ष कात्तिक २८ गते बुधबारको दिन परेको छ । यस दिन लक्ष्मीको रूपमा तुलसीजीको विवाह भगवान विष्णुको रूपमा शालिग्रामसँग गरिन्छ।
चार महिनाको योग निद्रापछि यस दिन भगवान विष्णु उठ्नुहुन्छ। यस शुभ दिनमा भगवान विष्णु र लक्ष्मीको पूजा गरिन्छ।
हिन्दू धर्ममा छोरी दानलाई महान दान मानिन्छ । तुलसी विवाहको दिन छोरी नभएका दम्पती वा छोरी जन्माउन चाहनेले तुलसी मातालाई छोरी मानेर छोरी दान गर्छन् ।
यस दिन कन्या दान गर्दा शुभ फल प्राप्त हुन्छ । यस दिन कपडा र गहना दान गर्नु पनि धेरै शुभ मानिन्छ। यस दिन दान गर्दा दोब्बर फल प्राप्त हुने जनविश्वास रहेको छ ।
हिन्दू धर्ममा तुलसी विवाहको ठूलो महत्व रहेको छ र यस दिन दान गर्दा शुभ फल प्राप्त हुन्छ ।
तुलसी विवाहको दिन भगवान शालिग्राम र माता तुलसीको पूजा–आराधना गर्नाले जीवनमा सुख–समृद्धि प्राप्त हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया