मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोम्पेओ र हेलीलाई ह्वाइट हाउसको नयाँ प्रशासनमा प्रवेश नदिने : ट्रम्प

  
काठमाडौँ – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई वरिष्ठ नेतालाई नयाँ प्रशासनमा प्रवेश नदिने बताएका छन् ।
 
पूर्व विदेशमन्त्री माइक पोम्पेओ र संयुक्त राष्ट्रसंघकी पूर्व राजदूत निक्की हेलीलाई पुनः नियुक्त गर्ने सम्भावनालाई ट्रम्पले अस्वीकार गरेका छन् । 

आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल, ट्रुथ सोसल सोसल नेटवर्कमा लेख्दै ट्रम्पले आफ्नो नयाँ टिमको पहिचानबारे अड्कलबाजी भइरहेका बेला आफूले ती दुबै व्यक्तिलाई आफ्नो प्रशासनमा सामेल नगर्ने बताए । 

पोम्पेओले जुलाईमा युक्रेनका लागि थप हतियार स्थानान्तरण र रूसको ऊर्जा क्षेत्रविरुद्ध कडा कदम चाल्ने योजनाको रूपरेखा प्रस्तुत गरेका थिए । 

ट्रम्पले आफ्नो सत्ताको पहिलो २४ घण्टामा युक्रेनको युद्ध अन्त्य गर्न सक्ने दाबी गर्दै आएका छन्, भने रूसविरुद्धको लडाइँमा किएभलाई दिइएको अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन् । हेलीले यस वर्ष रिपब्लिकन प्राइमरीमा ट्रम्पलाई समर्थन गर्नु अघि उनीबिरूद्ध प्रतिस्पर्धा गरेका थिए । 

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले शनिबार लेखेका छन्, “म उनीहरूसँग पहिले पनि काम गरेको हो र त्यसको प्रशंसा गर्छु र हाम्रो देशको सेवाका लागि उनीहरूलाई धन्यवाद दिन चाहन्छु।”

ट्रम्पले आफ्नो चुनावी अभियानका म्यानेजर सुसी विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरिससकेका छन् । ह्वाइट हाउसको महत्वपूर्ण द्वारपालको भूमिकामा नियुक्त हुने उनी पहिलो महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?