मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खनालको लघु कथासङ्ग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण

काठमाडौँ– कलाकार एवम् लेखक रमेश खनालको लघु कथासङ्ग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण भएको छ ।

शनिबार लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा साहित्यिक पत्रकार संघले गरेको कार्यक्रममा लेखक खनालसहित संघका अध्यक्ष राधेश्याम लेकाली, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति केके कर्माचार्य, समालोचक

प्रा.डा.गोविन्दमान सिंह कार्की र कथाकार किशोर पहाडीले संयुक्त रुपमा सङ्ग्रहको लोकार्पण गरेका हुन् ।
‘अरूपण नेशनल रिसर्च सेन्टर नेपाल’बाट भर्खरै प्रकाशित सङ्ग्रहमा खासगरी युद्धका विविध सन्दर्भहरूलाई लघुकथाको रूपमा प्रस्तुत गरिएको छ । सङ्ग्रहमा ३१ वटा लघुकथाहरू समेटिएका छन् ।

खनाल साहित्य, कला र खेलकुद क्षेत्रमा समेत परिचित व्यक्तित्व हुन् । लामो समय खेलकुद परिषदमा रहेका खनाल ललितकला सिर्जना, नेपाली साहित्य तथा ललितकला विषयमा नै लेखन र समालोचनामा पनि उत्तिकै सक्रिय छन् ।

लोकार्पित कृतिमाथि समालोचक प्रा.डा.कार्कीले समीक्षात्मक टिप्पणी गरेका थिए भने अध्यक्ष लेकाली, निवर्तमान कुलपति कर्माचार्य र कथाकार पहाडीले खनाललाई शुभकामना व्यक्त गरे ।

यस अघि खनालका ‘कला मन्थन,’ ‘विश्वप्रसिद्ध कला र कलाकार,’ ‘नेपालका प्रसिद्ध कलाकार,’ ‘चन्द्रमानसिंह मास्के,’ ‘एकमुठी माटो,’ ‘इन्दिराको भ्यागुता,’ ‘स्टिना,’ ‘म घाममा पानी पानी हुन्छु,’ ‘उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता’ लगायतका कृतिहरु प्रकाशित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?