विराटनगर – कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी पक्राउ परेका छन् ।
अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।
अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरेको थियो उनीहरूले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।
मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया