मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३२ वर्षपछि काठमाडौँमा गुञ्जियो ‘कन्दरा’

काठमाडौँ– शनिबार मध्यराति आम सङ्गीतप्रेमीमाझ लोकप्रिय ब्यान्ड ‘कन्दरा’का गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा’ गीत सुनाउँदै गर्दा सहभागीहरुको क्रेजले रात बितेको महसूस गरेकै थिएनन् ।

गायक श्रेष्ठले दर्जन हारहारीमा गीत सुनाएर यो प्रस्तुत गर्दै गर्दा रातको १२ नै बजिसकेको थियो । श्रेष्ठले आफ्नो साङ्गीतिक प्रस्तुतिलाई सकिएको संकेत दिइरहँदा पनि सहभागी दर्शकहरुले उनलाई नरोकिन आग्रह गरिरहेका थिए ।

ब्यान्डले स्थापनाको ३२ औं वर्षको अवसरमा पहिलो पटक काठमाडौंको निमन्त्रणामा ‘काठमाडौं कलिङ कन्दरा’ शीर्षकमा काठमाडौं ठमेलस्थित एलओडीमा गरिएको कन्सर्टमा दर्शन हारहारीमा गीतहरु प्रस्तुत गरेको थियो ।

‘पहिले घर देश अनि परदेश’ भन्ने अभियान लिएर ब्यान्डले नेपालहुँदै विदेशमा साङ्गीतिक यात्राकाको तयारीमा शुरुवाती चरणमा काठमाडौंमा प्रस्तुति दिएको हो ।

‘तगारोमा रुमाल राखी’ बोलको गीतबाट प्रस्तुति शुरु गरेको ब्यान्डले आफ्नो चर्चित गीतहरु ‘भेडी गोठ,’ ‘लेककी हे माया,’ ‘तिमी पारी’ जस्ता गीतहरु प्रस्तुत गरेको थियो । साथै राष्ट्रियता र लोकसङ्गीतका सर्जकहरुको योगदानलाई कदर गर्दै गोपाल योञ्जन, रञ्जित गजमेर जस्ता व्यक्तित्वलाई समेत गायक श्रेष्ठले सम्झिए ।

‘जय जय नेपाल,’ ‘के भन्ने हाम्रो समय’ ती सर्जकहरुका गीतहरु श्रेष्ठले गुनगुनाउँदा माहोल अझै जुर्मुराएको थियो । गायक श्रेष्ठले गीत प्रस्तुत गर्दै गर्दा देशप्रेम र साङ्गीतिक जीवनको यात्रा अनि अहिले काठमाडौंले दिएको मायाले निकै ओतप्रोत भएको भावलाई समेत व्यक्त गर्दै गरे ।

उनले ब्यान्डमा रहेका ड्रमतर्फ सुनिल थापा, मादलमा अविनाश, लिड गिटारमा देव लामा, बेस गिटारमा पंकज झा, गायक र किबोर्डमा निरज बिक लगायतको भूमिकाप्रति पनि आभार प्रकट गरिरहे । काठमाडौँले दिएको माया र सद्भावप्रति उनी असाध्यै कृतज्ञ भएको सुनाए ।

सन् १९९४ मा स्थापित भएर पोखराबाट यो ब्यान्डले आफ्नो साङ्गीतिक यात्रा थालनी गरेको थियो । मौलिक र ठेट लयका गीतसङ्गीत मार्फत पप जनराको स्वाद समेत यो समूहले आम सङ्गीतप्रेमीलाई दिएको छ । सन् १९९० को दशकमा नेपाली लोक–पप सङ्गीतलाई आममानिसमा पु¥याउन विशेष योगदान पुर्‍याएको छ ।

ब्यान्डले लोकप्रियता हासिल गर्दै गर्दा ब्यान्डका मुख्य गायक श्रेष्ठ सन् २००१ म बेलायततिर लागेपछि सेलाएको थियो । सन् २००५ मा श्रेष्ठ नेपाल आएपछि ‘तगारोमा रुमाल राखी’ गीत रेकर्ड गरेर पुनः उतै फर्केका फर्केका थिए ।

सन् २०१५ देखि नै श्रेष्ठ नेपालमै बस्न थालेपछि यो ब्यान्डको फेरि पुनरागमन भएको हो । यो समूहले २०१७ मा ‘भेडी गोठ’ एल्बम सार्वजनिक गरेको थियो ।

ब्यान्डको अबको साङ्गीतक अभियानले विदेशी मात्रै होइन आन्तरिक पर्यटकलाई पनि प्रवद्र्धन गर्ने र नेपाली सङ्गीतको उत्थानको उद्देश्य यो ब्यान्ड ‘कन्दरा’को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?