मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूर्ण बहादुरको सारङ्गी’लाई कथा चोरीको आरोप, के भन्छन् निर्माता ?

काठमाडौँ – आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’माथि चोरीको आरोप लागेको छ ।  

यो फिल्म सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा समेत उनकै हो । तर उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको बताएका छन् । 

फिल्म हेरिसकेपछि शनिवार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार  समेत प्रस्तुत गरेका छन् । उनले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको भनेर कतिपयले टिप्पणी गरेका छन् ।

यस सम्बन्धमा फिल्मका निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आरोपको खण्डन गर्दै यसलाई पुस्तक बिकाउने फण्डा भनेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गीको सबैभन्दा शसक्त पक्ष भनेकै यसको कथा हो । पूर्णबहादुरको पात्रको भोगाई तपाईँलाई आफ्नो भोगाइ या आफ्नो माता–पिताको भोगाइ झैँ लाग्न सक्छ। धेरैले यो त हुबहु मेरो जीवनमा मिल्यो धन्यवाद साह्रै राम्रो चलचित्र बनाउनुभयो भन्नुभएको छ । अब त्यो बेला अलिक क्रान्ति गर्ने वा राजनिति गर्ने भनेकै शिक्षकहरुको बाहुल्यता थियो, मास्टर साबको जस्तै ।,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

निर्माता पौडेलले सबै बुँदासहित आइतवार आफ्नो धारणा व्यक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले छोराका लागि बाबुले देखेको सपनाको कथा भन्छ । फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन् । 

फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको समेत अभिनय छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?