मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

किन ‘ट्रोल’ बनिरहन्छन् कलाकार?

काठमाडौँ– ग्ल्यामरको दुनियाँ चर्चा परिचर्चा त भइ नै रहन्छन् । सेलिब्रेटीहरू चर्चामा आइरहँदा उनीहरूको व्यक्तिगत र व्यवसायिक जीवन पनि सँगै जोडेर आउँछ । फ्यानलाई ती कलाकारले के बोल्छन्, के गर्छन् लगायतका विषयमा पनि उत्तिकै चासो हुने गर्छ ।

हलिउडदेखि बलिउडसम्मका अभिनेत्री तथा मोडलहरु बेला बेलामा पहिरन, मेकअप र केही भनाइकै कारण ट्रोल बनिरहेका हुन्छन् । विदेशमा मात्र होइन । नेपालमा पनि कलाकार ट्रोल हुनु सामान्य नै हो ।

केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘रावायण’ का शीर्ष कलाकार पल शाहको नक्कली दाह्रीको ट्रोलिङ त अझै पनि भइरहन्छ । उक्त फिल्ममा उनको दाह्री नक्कली हुनु स्वभाविक भए पनि देख्दा नै विश्वास नलाग्ने हुनु नहुने भन्ने कतिपयको तर्क थियो ।

फिल्म ‘रावायण’ कै रिलिजका बेला पूजा शर्माले रोनाधोना गरेर आफ्ना फिल्म चलाउने गरेको भन्दै उनको ट्रोलिङ भयो । त्यतिबेला उनले जातीय फिल्म निश्चित समुदायका दर्शकका कारण चल्ने भन्दै अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पूजालाई ट्रोलिङ गरेका थिए ।

ट्रोलको शिकार हुनेमा कलाकार तथा निर्माता दीपकराज गिरी पनि अछूतो रहेनन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्तिलाई लिएर दर्शकले उनको व्यङ्ग्य मात्र गरेनन् । ‘महानायक’ भन्दै उनको खेदो खने । यसअघि निर्देशक तथा कलाकार दीपाश्री निरौलाले एक कार्यक्रममा ‘राजेश हमाल महानायक हुनुहुन्छ र?’ भन्दै अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिमा दीपकले जोडेर अहिले पनि व्यङ्ग्य गरिरहन्छन् ।

दीपक र दीपाले पटकपटक माफी मागे पनि दर्शकले ट्रोलिङ गर्न भने छाडेका छैनन् । महानायक विवादले नेपाली सिने क्षेत्र निकै लामोसमय सम्म तातिएको थियो ।

त्यस्तै फिल्म ‘विर विक्रम २’ रिलिज हुनुपूर्व अभिनेत्री वर्षा सिवाकोटी एक जिन्स सर्टमा देखिएकी थिइन् । जुन सर्टलाई उनले पछाडि फर्काएर बटम लगाएकी थिइन् । त्यस पहिरनबाट उनको ट्रोल त भयो नै । तर, कलाकारितामा उनको पहिचान पनि बढ्यो । फिल्मको ट्रेलर रिलिजमा उनले लगाएको पहिरनको समेत चर्चा भयो । शालीन अभिनेत्रीकी रुपमा चिनिएकी उनी त्यसपछि बिकिनी अवतारमा समेत देखिएकी थिइन् ।

अभिनेत्री वर्षा राउत पहिरण र भनाइकै कारण कैयौंपटक ट्रोल बनेकी छिन् । फिल्म ‘जात्रै जात्रा’को विशेष शोका लागि अष्ट्रेलिया पुगेको समयमा उनले लगाएको खुल्ला पहिरनले उनी ट्रोल बनिन् । उनले त्यतिबेला फिल्म चलाउन फण्डा गरेको भन्ने आरोप समेत खेपिन् । नेपाल र भारतबीच सीमाको विवादको विषयमा एक युट्युब च्यानलमा बोलेको उनको भनाइका कारण पनि उनी नराम्रोसँग ट्रोलमा फसेकी थिइन् ।

नयाँ फेसन पहिरनमा अभिनेत्री आँचल शर्मा निकै अगाडि छिन् । प्रत्येक जसो सार्वजनिक कार्यक्रमहरुमा उनी बोल्ड अवतारमा देखा पर्छिन् । केही समयअघि उनले सार्वजनिक गरेको स्ट्रापलेस पहिरनको निकै चर्चा भएको थियो । उनको पहिरनलाई कतिपयले ट्रोल बनाए भने कतिपयले भने रुचाएका थिए । अहिले पनि विभिन्न फिल्महरुको ट्रेलर रिलिज होस् या प्रिमियरमा उनको पहिरनको चर्चा चल्ने गरेको छ ।

अभिनेत्री प्रियंका कार्कीको पहिरन र उनको हट अवतारको बेला बेलामा चर्चा हुने गरेको छ । त्यही चर्चासँगै उनी कहिलेकाहीँ ट्रोलको सिकार समेत हुन्छिन् । सबैभन्दा बढी ट्रोल त उनले गर्भावस्थामा गरिएको एउटा फोटोसुटलाई गरिएको थियो । प्रियंकाले एउटा जुस पिउँदै गरेको तस्वीर पोष्ट गरेकी थिइन् । जुन तस्वीरमा उनले मात्र होइन, उनको पेटले पनि जुस पिइरहेको देखाइएको थियो ।

उनको पेटमा एउटा चित्र समेत कोरिएको थियो । त्यसमा उनले आफूसँगै पेटको बच्चाले पनि जुस पिइरहेको संकेत दिएकी थिइन् । उनको यस तस्वीरलाई ट्रोल बनाइएको थियो । तर केही मानिसहरुले भने गर्भावस्थाको सेलिब्रेसनका रुपमा प्रशंसा समेत गरेका थिए ।

‘म अमेरिका गएको छैन, तर यूएसए भने धेरै पटक गैसकेँ, फिल्म रावायणमा समावेश ‘कान्छा, मैले तिमीलाई प्यार गरेको होइन, मेने तो तुमसे इश्क किया है’ भन्ने शब्द उच्चारणले पनि उनी ट्रोल बनेकी छिन् ।

पूजा शर्मा बेला बेलामा विवाद र चर्चामा आइरहन्छिन् । कहिले रोनाधोना त कहिले विभिन्न अन्तर्वार्तामा दिने अभिव्यक्तिका कारण उनी विवादमा त आउँछिन् नै ट्रोलको शिकार समेत बन्ने गरेकी छिन् । टेलिभिजन टक शो ‘रजतपट अंकल’मा देशका कति प्रदेश र जिल्ला छन् भन्ने प्रश्नमा उनले ७२ प्रदेश र १४ जिल्ला भनेर दिएको जवाफको भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा उनी ट्रोलमा बनेकी थिइन् ।

त्यस्तै, हालै मात्र रिलिज भएको आफ्नो फिल्म रावायणकै विषयमा अन्र्तवार्ता दिने क्रममा उनले मंगोलियन समुदायको एकताकै कारण दयाहाङ राईको फिल्म चलेको बताएकी थिइन् । उनले त्यसैमा आफू मंगोलियन भएर जन्मन पाउँ भनेर समेत भनेपछि उनी ट्रोलसँगै विवादित समेत बनेकी छिन् ।

प्रकाश सपुतको ‘सकम्बरी’ बोलको गीतबाट चर्चा कमाएकी मोडल कुसुम शर्मा केही समयअघि पहिरनका कारण विवादमा आएकी थिइन् । उनी सामाजिक संजालमा ट्रोल बनेकी थिइन् । उनले यसमा विषयमा बोलेर समाचार नबनाइदिन समेत आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?