मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२५ वर्षदेखि अनुत्तीर्ण कक्षा ११ र १२ का विद्यार्थीका लागि मौका परीक्षा हुँदै

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालयताका कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । 

बोर्डले एक सूचना जारी गरी ०५६ साल यता कक्षा ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौका स्वरूप एक पटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने छन् ।

बोर्डकाअनुसार रजिस्ट्रेसन नम्बरको सुरुको अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन् । २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू मौका परीक्षामा सहभागी हुन पाउनेछन् ।

बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको सङ्ख्या १४ लाख बढी रहेको छ ।

बोर्डले प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने जनाएको छ । मौका परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयबाट आगामी मङ्सिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने छ ।

यस्तै, विद्यार्थीले अध्ययन गर्दा सञ्चालनमा रहेको तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीले सोझै बोर्डमा आवेदन दिन सक्नेछन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयले पनि २०५८ सालदेखि र सेमेस्टरतर्फ २०६९ साल देखिको समयसीमा कटेका विद्यार्थीलाई एक पटक मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?