मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो पटक काठमाडौँमा गुञ्जियो ‘कन्दरा’

काठमाडौँ – चर्चित ब्याण्ड कन्दरा काठमाडौँमा पहिलो पटक गुञ्जिएको छ । 

यो लोकप्रिय लोकपप–रक ब्याण्ड आफ्नो प्रभावशाली साङ्गीतिक यात्राको ३२ वर्ष पूरा गरेको उत्सव मनाउँदै  शनीबार क्लब एलओडीमा प्रस्तुति दिएको हो ।

‘तगारोमा रुमाल राखी’…… बाट शुरु भएको कन्सर्टमा ब्याण्डले ‘तिमी पारी’, ‘हङकङ पोखरा’, ‘लेककी हे माया’ जस्ता आफ्ना आँधा दर्जन बढी गीत प्रस्तुत गरेको थियो । 

जहाँ कन्दराका पुराना हिट गीतहरूको पुनः प्रस्तुतिसँगै बिलकुल नयाँ साङ्गीतिक सिर्जनाहरूसँग दर्शकहरू झुमे । योसँगै  ब्याण्डले  चितवन, बुटवल र नेपालगन्जमा पनि साङ्गीतिक प्रस्तुति दिँदै छ।

आफ्नो साङ्गीतिक विरासतको उत्सवका अलवा कन्दराको ३२ औँ वार्षिकोत्सव कार्यक्रमले ‘पहिले घर देश, अनि परदेश’ शीर्षकको विश्वव्यापी अभियान पनि शुरु गरेको छ ।

नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछ। 

सन् १९९० को दशकको प्रारम्भमा पोखरामा स्थापना भएको कन्दराको ड्रम्समा सुनिल थापा छन्। 

लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा निरज बि.क., ब्यान्ड म्यानेजर आयुष धमला  तथा  (भोकलिस्ट) विवेक श्रेष्ठ  छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?