मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देउसी भैलोबाट जम्मा भएको एक लाख रूपैयाँ क्यान्सरपीडितलाई सहयोग

काठमाडौँ– देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ।

घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर संकलन गरेको एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो।

घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छन्।

बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट सङ्कलन गरिएको रकम सहयोग गरिएको सो क्लबका अध्यक्ष आशिष पुनले बताए।

भैलोबाट संकलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उनको भनाइ छ।

गत वर्ष भैलोबाट सङ्कलन गरिएको एक लाख बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो।

क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उहाँको उपचारमा रु ४३ लाख लाग्ने बताइएको छ।

कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?