काठमाडौँ — नेपाली महिला बडीबिल्डर सनम मूलगुठीले शनिबार माल्दिभ्समा भएको पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक जितेकी छन् ।
उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान हात पारेकी थिइन् । १९ जनाले यस इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष सनमले ५५ औं एसियन बडीविल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनी एसियनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ मा मिस भक्तपुर घोषित उनी दुई वर्ष प्लेयर अफ द इयर चुनिसकेकी छन् ।
अघिल्लो दिन पनि नेपालका तीन बडी बिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले रजत पदक जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया