काठमाडौँ- पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौडमा पुरुषतर्फ बादल कार्की र महिलातर्फ नारायणी भण्डारी प्रथम भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियार र रमेश बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । महिलातर्फ स्वीकृति कार्की र जुही राई तेस्रो भएका छन् ।
यो दौड फेवा किनाराको बाराही घाटबाट सुरु भई गौरीघाट, सहिदचोक, राष्ट्र बैंक चोक हुँदै ड्यामसाइटबाट पुनः राष्ट्र बैंक चोक हुँदै बाराहीघाट पुगेर सम्पन्न भएको थियो ।
विद्यार्थी दौडमा शीर्ष छ खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेले रु ३० हजार, दोस्रोले रु २५ र तेस्रोले रु २० हजार राशि पुरस्कार प्राप्त गर्नेछन् ।
चौथोदेखि छैठौँ हुने खेलाडीले रु १० हजार पाउनेछन् । प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया