काठमाडौँ- अमेरिकी पूर्वसभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको आरोप लगाएकी छिन् । चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक पार्टीको लागि स्थिति राम्रो हुने टिप्पणी गरेकी हुन् ।
डेमोक्र्याटिक पार्टीकी नेतृ पेलोसीले एक पोडकास्ट अन्तरवार्तामा बाइडेनले पहिले नै आफ्नो दाबेदारी छोडेको भए आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार अरु नै कोहि हुने पनि दाबी गरेकी छन् । पेलोसीले पार्टीको राष्ट्रपतिको मनोनयनमा धेरै उम्मेदवार समावेश हुने र अहिलेको भन्दा अवस्था फरक हुनसक्ने बताएकी छन् ।
बाइडेनले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेपछि पार्टीले अन्य उम्मेदवारलाई विचार नै नगरेपछि पार्टीबाट अन्य उम्मेदवार बन्ने सम्भावना बनेको थिएन । ह्यारिस निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजित भएपछि डेमोक्र्याटिक पार्टीभित्र अहिले आरोप प्रत्यारोप चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया