मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रह प्रक्षेपण

काठमाडौँ- चीनले शनिबार उत्तरपश्चिम जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

पाइसेट–२ का चारवटा उपग्रहहरू लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए ।

तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट–सेन्सिङ डेटा सेवाहरू प्रदान गर्नेछन् । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५४४ औं उडान अभियान थियो ।

मार्च सन् २०२३ मा चीनले पाइसेट–१ सहित चारवटा भूउपग्रहहरूको पहिलो प्रक्षेपण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?