काठमाडौँ- चितवनको सदावाहार मध्यवर्ती सामुदायिक वनमा पथप्रदर्शक गैँडाको आक्रमणबाट घाइते भएका छन् । पर्यटकलाई घुमाउने क्रममा गैँडाको आक्रमणबाट पथप्रदर्शक जगबहादुर माझी घाइते भएका हुन् ।
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया