मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित

काठमाडौँ- आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा यूएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।

यूएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १ सय ९ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिङ गर्दै यूएईले २० ओभरमा ७ विकेट गुमाउदै १ सय २२ रन बनाएको थियो । 

योसँगै यूएईले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

अब नेपालले आइतबार थाइल्याण्डसँग र यूएईले कुवेतसँग खेल्ने तालिका रहेको छ ।  

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?