मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘बी’मा

काठमाडौँ– एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । 

एसिसीले जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मङ्सिर १४ देखि २३ गतेसम्म ( नोभेम्बर २९ देखि डिसेम्बर ८ ) हुने यू-१९ एसिया कपमा नेपालसहित आठ देशले भाग लिँदै छन् ।

एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको आयोजना युएईले गर्दै छ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । जसमा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए भने नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बङ्गलादेशसँग र तेस्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?