कपाल व्यक्तिको सुन्दरतासँग जोडिए हुन्छ । राम्रो र स्वस्थ कपाल सबैको चाहना हो । पछिल्लो समय कपालको समस्याहरु धेरैको लागि टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ ।
सानो उमेरमा नै कपाल झरेर आधा टाउको खाली हुनु, कपाल पातलो हुनु, कपाल फुस्रो हुनु ,कपालमा हाँगा आउने जस्ता समस्याहरू धेरैको साझा समस्याहरू हुन् ।
राम्रो र स्वस्थ कपालको लागि के कुरामा ध्यान दिनु पर्छ
१- दिनहुँ नुहाउन हुँदैन
२- रसायनको मात्रा एकदम कम अथवा रसायन नै नभएको स्याम्पु प्रयोग गर्नुपर्छ ।
३- कपाललाई हावामा अथवा नरम तौलियाले पुछेर सुक्खा बनाउनुपर्छ।
४- चिसो कपाल काइँयोले कोर्नु हुँदैन ।
५- नियमित मसाज गर्नुले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।
६- प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ ।
७- हप्ताको २ ३ पटक तेल मसाज गर्नु पर्छ
८- प्रशस्त पानी पिउने
९- स्वस्थ खाना खाने
कपालमा हाँगा पलाए के गर्ने घरेलु उपाय
कपालमा हाँगा फाट्ने समस्या समाधान गर्न प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ । त्यस पछि ६ ९ ७ स्पुन एलोभेरा जेल लिने (आफ्नो कपाल अनुसार), त्यसमा १ भिटामिन इ क्याप्सुल , नरिवलको तेल र मह यो सबै लै राम्रोसंग मिलाउने र आफ्नो कपाल को बीचबाट टुप्पो सम्म राम्रोसंग लगाउने एउटा कपाल नछुट्ने गरी त्यस पछि कपाललाई जुरो बनाए र ३० मिनेटका लागि छोड्ने । ३० मिनेट पछि रसायन नभएको स्याम्पु राम्रोसंग नुहाउने र कृत्रिम तरिकाले वा मेसिनको प्रयोग नगरी कपाललाई प्राकृतिक तरिकाले नै सुकाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया