यदि कसैले अप्ठ्यारो अवस्थामा अँगालो हाल्यो भने तनाव कम हुन्छ । अनुसन्धानका अनुसार यो महिलाको सन्दर्भमा बढी हुने गरेको पाइएको छ ।
७६ जनामा गरिएको अनुसन्धानमा महिलाले अँगालो हाल्दा ती व्यक्तिमा कोर्टिसोल नामक तनाव सिर्जना गर्ने हर्मोन कम उत्पादन हुने कुरा पत्ता लागेको थियो ।
यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो । अन्वेषकका अनुसार कोर्टिसोलले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ ।
जब एक व्यक्तिले मायाले अँगालो हाल्छ, अक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ । यसले कोर्टिसोलको प्रभावलाई कम गर्छ ।
यस्तै अनुसन्धान सन् २०१८ मा पनि गरिएको थियो । भनिन्छ, नकारात्मक घटनापछि कसैलाई अँगालो हाल्दा मानिसलाई सकारात्मक महसुस हुन्छ ।
वैज्ञानिक पनि भन्छन् कि अँगालो हाल्नु अघि अगाडिको व्यक्तिलाई आवश्यक छ वा छैन भनेर बुझ्नुहोस्, किनकि अगाडिको व्यक्तिको अवस्थाले मात्रै अँगालो हाल्दा यसको प्रभाव बताउन सक्छ । यस अध्ययनको नतिजा नेचर जर्नलमा प्रकाशित भएको छ ।
किन पुरुषको अँगालोले कोर्टिसोल कम गर्दैन ?
अनुसन्धानका अनुसार यसको सामाजिक कारण पनि हुन सक्छ । धेरै पुरुषहरू अँगालोमा राम्रो महसुस गर्दैनन्, किनकि उनीहरूलाई सामाजिक रूपमा असामान्य वा अप्ठ्यारो रूपमा हेरिन्छ । अर्को कारण एक महिला र एक पुरुषबीचको स्पर्श पनि हुन सक्छ ।
अँगालो हाल्दा स्वास्थ्यमा पुग्छ यस्ता फाइदा:
१. मुटुका लागि फाइदाजनक: अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्छ ।
२. रक्तचाप कम हुन्छ: वैज्ञानिकका अनुसार अँगालो हाल्दा रक्तचाप पनि कम हुन्छ । यस्तो शरीरमा अक्सिटोसिन हर्मोनको श्रावले हुन्छ ।
३. तनाव कम हुन्छ: विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । अँगालो हाल्दा तनाव कम हुन्छ साथै व्यक्तिको स्मरणशक्ति पनि तीब्र हुन्छ ।
४. मूड फ्रेस हुन्छ: शोधकर्ताका अनुसार अँगालो हाल्दा मानिसको मूड पनि ठिक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया