हाम्रो साथमा एक छिन मोबाइल भएन भने हामी छटपटाउँछौ । फुर्सद भयो कि हाम्रो ध्यान, मन सबै मोबाइलमै हुन्छ । वास्तवमै हामी नेपालीहरू धेरै भन्दा धेरै समय मोबाइलमै बिताउँछौ ।
यसकारण स्क्रीनको प्रकाशले आँखामा समेत समस्या भइरहेको छ । तर तपाईँले कहिले सोच्नुभएको थियो कि मोबाइलको स्क्रीनबाट आउने किरणले हाम्रो छालामा समेत असर गर्छ भनेर ।
छालारोग विशेषज्ञहरुका अनुसार ल्यापटप, मोबाइल फोन र बत्तीहरुबाट निस्कने निलो प्रकाशले छालामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ ।
निलो प्रकाश भनेको आँखाले देख्न सक्ने विभिन्न रङको प्रकाशमध्ये एक हो । ग्याजेट्स बाट कम विकिरण निस्कने भए पनि लगातार सम्पर्कमा रही समय बिताउँदा असर पक्कै गर्छ ।
त्यसैले घाममा निस्कन छाड्ने वा सनस्क्रिन लगाएर पनि छालामा समस्या छ भने निलो प्रकाशलाई पनि एक कारकको रूपमा लिन सकिन्छ ।
छालालाई कस्तो असर पार्छ ?
निलो प्रकाशले छालामा हुने मेलानिनको उत्पादनमा वृद्धि ल्याउँछ । मेलानिनले छालालाई प्राकृतिक रूपमा रङ दिन्छ । निलो प्रकाशमा बसेर मेलानिन बढेर छालामा कालो धब्बा वा चाया पोतो बस्न सक्छ ।
विशेषगरी गाढा रङ भएकाहरूमा मेलानिनको बढी प्रभावले छाला थप कालो देखाउन सक्छ । पछिल्लो समय भएका अध्ययनहरूले पनि लामो समयसम्म निलो प्रकाशको नजिक रहँदा स्किन कोषलाई क्षति पार्ने, छालाको काममा दखल पार्ने, अनुहारलाई चमकदार र जवान बनाउने कोलाजन र इलास्टिनलाई टुक्राउने गर्छ ।
यी दुई तत्त्व टुक्रिन शुरु गरेमा छाला झोलिने, उमेर अगावै चाउरी पर्ने जस्ता समस्या ल्याउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया