काठमाडौँ– फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले पहिलो सातामा आठ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । लक्ष्मी पूजाको दिनबाट प्रदर्शनीमा आएको फिल्मले बिहीबार सम्ममा ८ करोड २५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
पूर्ण बहादुरको सारङ्गी’ ले बिहीबार मात्र करिब २ करोड ग्रस कमाई गरेको अनुमान गरिएको छ । त्यस्तै फिल्मको शनिबारसम्म नै अग्रिम बुकिङ देखिएको छ । अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ ।
फिल्म हिजोदेखि दोस्रो साताका लागि प्रदर्शन भइरहेको रहेको छ । फिल्मको निर्माता टिमका अनुसार बिहीबार देशभरका ८९ वटा हलका ३८० भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ । पूर्ण बहादुरको सारङ्गी’ ले बिहीबार मात्र करिब २ करोड ग्रस कमाई गरेको अनुमान गरिएको छ । त्यस्तै फिल्मको शनिबारसम्म नै अग्रिम बुकिङ देखिएको छ । अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुनलागेका फिल्म ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ लाइ असर गर्ने देखिएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुनलागेका फिल्म ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ लाइ असर गर्ने देखिएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा रहेका छन् । विजयसँगै फिल्ममा प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरूङ, अलिशा बास्तोला, स्वयम केसी लगायत कलाकारहरूको अभिनय छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया