मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ कार्तिक २४ गतेदेखि मञ्चन हुँदै

काठमाडौँ – मण्डला थिएटरले नयाँ नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने भएको छ।

दम्पतीको सन्तान प्राप्तिको चाहना र त्यससँगै आउने जटिलतामा आधारित यो नाटक यही कार्तिक २४ गतेदेखि मङ्सिर १६ गतेसम्म मञ्चन हुँदै छ। 

केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार गरिएको ‘ढुकढुकी ७२ मेगाहर्ज’ ले मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छ। 

मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको एक ‘ढुकढुकी ७२ मेगाहर्ज’मा कार्म र मेनुका प्रधानलाई देख्न पाइनेछ । यसअघि प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘मेषीदण्ड’ नाटक मञ्चन भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?