मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानी कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी हटाउने

काठमाडौँ – जापानी कार निर्माता कम्पनी निसानले ठुलो सङ्ख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ ।

कटौतीको यो नयाँ घोषणा अन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउने छन् ।

विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ ।

जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ । विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ ।

निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने, ‘यी परिवर्तनहरूले कम्पनी आफैँ सङ्कुचित हुँदै छ भन्ने होइन । निसानले पनि आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउनको लागि पुनर्संरचना सुरु गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?