काठमाडौँ – नवीन चौहानको निर्देशनमा बनेको फिल्म ‘ऊनको स्वीटर’को छायांकन सकिएको छ ।
जेष्ठ १७ गते बाट शुरु गरिएको छायांकन कार्तिक १७ मा आएर समाप्त गरिएको निर्देशक चौहानले जानकारी दिएका छन् । सामाजिक सन्जाल फेसबुकमा यसबारे पोस्ट गर्दै उनले सहयोगी टिमलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
‘चलचित्र निर्माणका दौरान आएका बिभिन्न कठिनाई लाई एक ढिक्का भै सफलतापुर्वक समापन गर्न साथ् एवम् सहयोग गर्ने कलाकार, प्राविधिक, ब्यबस्थापक, लाईन प्रोड्युसर, फ़ाईनान्सर, पाँचथरका स्थानिय निकायहरु फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका साथै फालेलुंग गाउँपालिका सबैलाई अन्तर हृदय देखि नै धन्यबाद एवं माया ब्यक्त गर्दछौ।’
उनले लेखेका छन् ‘यो शुटिङ्ग यात्राका दौरान केहि भुल चुक भएमा आर्टमाण्डू परिवार क्षमा याचना गर्दछ।’
पाँचथरका विभिन्न स्थानमा खिचिएको फिल्मको प्रदर्शन मिति तथा अन्य जानकारीहरू चाडै सार्वजनिक गर्ने समेत उनले जनाएका छन् ।
थुप्रै चर्चित गीतहरू पस्किसकेको आर्टमान्डूले निर्माण गर्ने यो फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ ।
विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीलगायतको अभिनय रहनेछ ।
फिल्मको उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसनसँग सम्झौता भएको छ ।
फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत र रहनेछ । यो फिल्मलाई छायांकार चिन्तनराज भण्डारीले खिचेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया