मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानडामा टिकटकको व्यापारमाथि प्रतिबन्ध

काठमाडौँ – राष्ट्रिय सुरक्षामा सम्भावित जोखिम देखाउँदै ​ क्यानडाले टिकटकको व्यापार देशभित्र बन्द गर्ने निर्णय गरेको छ ।

संघीय सरकारले बुधवार चिनियाँ कम्पनी टिकटकको राष्ट्रिय सुरक्षा सम्बन्धी समीक्षा गरेपछि यो निर्णय लिएको हो ।

अब टोरन्टो र भ्यानकुभरस्थित टिकटकका कार्यालयहरू बन्द गरिनेछन् । यद्यपि सरकारको निर्णयले व्यक्तिगत प्रयोगकर्तालाई टिकटक एप प्रयोग गर्न प्रतिबन्ध भने गर्दैन । नागरिकहरूले व्यक्तिगत रूपमा टिकटक चलाउन सक्नेछन्, तर सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ ।

 सीबीसी न्युजसँगको कुराकानीमा क्यानडाका नवप्रवर्तन मन्त्री फ्रान्स्वा फिलिप श्याम्पेनले टिकटकले राष्ट्रिय सुरक्षाका लागि खतरा निम्त्याउन सक्ने निष्कर्षमा सरकार पुगेको बताएका छन् । 

टिकटकका प्रवक्ताले यस निर्णयलाई चुनौती दिँदै कानुनी लडाइँ लड्ने योजना रहेको बताएका छन् । यसअघि २०२३ फेब्रुअरीमा क्यानडाले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाएको थियो, जसपछिको समीक्षा परिणामस्वरूप यो निर्णय आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?