मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गहिरो निद्राका लागि सुत्नुअगाडि के खाने ? 

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबिटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । 

राती राम्ररी निद्रा परेन भने भोलीपल्ट हाम्रो हरेक गतिविधि प्रभावित हुन्छ ।

आरामदायी तथा गहिरो निद्राका लागि हामीले आफ्नो खानपिनमा विशेष ध्यान दिन जरुरी छ । सुत्नुअगाडि के-कस्ता खानेकुरा खाँदा हाम्रो निद्रालाई सकारात्मक असर गर्छ भन्ने जानकारी हामी यहाँ प्रस्तुत गर्दैछौं ।

बदाम

बदाममा मेलाटोनिन हर्मोन राम्रो मात्रामा पाइन्छ । मेलाटोनिन एउटा हर्मोन हो जसले सुत्ने-ब्यूँझने चक्रलाई नियमन गर्न मद्दत गर्दछ । बदामा म्याग्नेसियम र क्याल्सियम हुन्छ, जसले मांसपेशीलाई आराम दिन्छ र राम्रो निन्द्रा पार्न मद्दत गर्छ ।

दूध

दूधमा गहिरो निन्द्रा पार्ने यौगिकहरू क्याल्सियम, भिटामिन डी र मेलाटोनिन पाइन्छ । दूधमा भएका यी गुणले राति मस्त निन्द्रा लाग्न धेरै मद्दत गर्नेछ । निन्द्रा नलाग्ने समस्या भए राति सुत्नुअघि एक कप मनतातो दूध पिउँदा निकै फाइदा पुग्छ ।

ओखर

ओखरमा निन्द्रा बढाउन मद्दत गर्ने मेलाटोनिन, सेरोटोनिन र म्याग्नेसियम जस्ता यौगिकहरू हुन्छन् । त्यसैले निन्द्रा नपर्ने समस्या छ भने वा गहिरो निन्द्राको चाहना भए ओखर नियमित खानुपर्छ ।

माछा

बोसोयुक्त माछा सेवनले गहिरो निन्द्रा पनि पर्छ । त्यसका लागि साल्मन, टुना र म्याकरेल जस्ता बोसोयुक्त माछा राम्रो हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन डी पाइन्छ । जसले मुटुको रक्षा गर्न र मस्तिष्कलाई सक्रिय राख्न मद्दत गर्दछ ।

चिया

क्यामोमाइल एक प्रकारको हर्बल चिया हो । यसका धेरै फाइदाहरू हुन्छन् । यसमा एन्टिअक्सिडेन्ट हुन्छ । यसले दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ । क्यामोमाइल चिया पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा निद्राको गुणस्तर सुधार गर्न सक्ने केही गुणहरू हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?