काठमाडौँ – नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियर सहभागी हुन भारतीय कलाकार प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौँ आउने भएका छन् ।
२९ कात्तिकमा हुने फिल्मको प्रिमियरमा उनीहरु सहभागी हुनेछन् । ३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना कलाकारले पनि अभिनय गरेका छन् ।
फिल्मकी निर्माता तथा अभिनेत्री नीता ढुंगानालेका अनुसार ‘गजनी’ फेम्ड रावत २७ कात्तिकमा काठमाडौँ उत्रनेछन् ।
फिल्ममा नीताको अलवा हरिहर अधिकारी, ब्रह्मानन्दम,‘पुष्पा’ भिलेन सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया