मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नक्कली नोटको कारोबारको अभियोगमा सुनचाँदी पसलका संचालक पक्राउ

काठमाडौँ – चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका-७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू ‘खोटा मुद्रा’ निर्माण गरी कारोबार समेत भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको पसलबाट सेतो प्लाष्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नेपाली एक हजार दरका १ सय १३ थान र ५ सय दरका २८ थान नक्कली नोटहरू फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?