काठमाडौँ – नृत्यसँगै सञ्चारकर्मतर्फ लागेकी व्यक्ती हुन् – विद्या श्री भट्टराई ।
नृत्यबाट शुरु भएको उनको यात्रा मिडिया क्षेत्र हुँदै अहिले मोडलिङसम्म पुगेको छ ।
नृत्यले नै आफूमा अनुशासन र आत्मविश्वास वृद्धिमा बताउने उनी कलात्मक अभिव्यक्ति र समाजसँगको सजीव संवादको महत्त्वमा विश्वास राख्छिन् ।
उनले आफ्ना कार्यक्रमहरूमा युवापुस्ताको आवाजलाई प्रोत्साहन गर्दै समाजका महत्त्वपूर्ण मुद्दाहरूमा चर्चा गर्दै आएकी छन् ।