काठमाडौँ – साउदी प्रो लिग क्लब अल हिलालले ब्राजिलियन सुपरस्टार नेइमारलाई यस सिजनको दोस्रो हाफमा पनि लिग खेलाडीको रुपमा दर्ता नगर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार अल हिलालले नेइमारलाई साउदी लिगमा दर्ता नगर्ने भएको हो । करिब एक बर्ष इन्जुरीका कारण मैदान बाहिर रहेका नेइमारलाई अल हिलालले यस सिजनमा लिग खेलाडीको रुपमा दर्ता गरेको थिएन ।
अहिले इन्जुरी ठिक भएपछि नेइमारले लिग बाहेकाका खेल खेलिरहेको भएपनि पछिल्लो एएफसी च्याम्पियन्स लिगको खेलमा फेरी घाइते भएपछि अब अल हिलालले नेइमारलाई किनारा गरेको हो । योसँगै नेइमार अब साउदी लिगबाट बाहिरिन सक्ने बताइएको छ ।
नेइमारले आगामी जनवरीको खेलाडी ट्रान्सफर विन्डोमै अल हिलाल छोड्नसक्ने बताइएको छ । अल हिलालले पनि आफ्नो जनवरीमा नेइमारसँग सहमतिमै सम्झौता भंग गर्न सक्ने बताइएको छ ।
अल हिलालमा नेइमारले आफ्नो भविष्य नदेखेपछि उनले अमेरिकन लिग सकर टिम इन्टर मियामीमा आआफ्नो सम्पर्क बढाएका छन् ।
उनले लियोनेल मेसी र लुइस स्वरेजसँग पुनर्मिलन गर्ने प्रयास गरिरहेको बताइएको छ । नेइमारलाई इन्टर मियामीले स्वागत गर्ने भएपनि लिगको फाइनान्सियल नियम बाधक बन्न सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया