काठमाडौँ – एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा नाहूएल मोलिना र एंगल कोरियाले एक एक गोल गरेका थिए । कोरियाले ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै जिताएका थिए । यसअघि पिएसजीका लागि वारेन जैरे एमेरीले एक गोल गरेका थिए ।
यो एटलेटिको म्याड्रिडको यस सिजनमा दोस्रो जित हो । यो जितपछि ४ खेलमा ६ अंक हासिल गर्दै एटलेटिको म्याड्रिड २३औ स्थानमा छ । त्यस्तै पिएसजीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । ४ खेलमा ४ अंक हासिल गरेको पिएसजी २५औ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया