मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रविराजको ‘दउरा घाटे के लेजाई’, जसले छठको धुनमा झुमाउँदैछ सिंगो मधेश

जनकपुरधाम – मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका सर्वसाधारणलाई थप झुमाइरहेको छ, रविराज शाहको गीतले ।

मधेशका घरघरमा जहाँ-जहाँ छठको गीत बज्छ, त्यहाँ शाहको हालै सार्वजनिक भएको ‘दउरा घाटे के लेजाई’ बोलको गीत बजेकै सुनिन्छ । यो गीत मधेशमा यति असाध्यै मन पराइनुको कारण छ, गीत मौलिक शैली र पारम्परिक लयमा निर्माण गरिएको छ ।

छठ पर्व सन्तान प्राप्ति र सन्तानको दिर्घायूका लागि गर्ने गरिन्छ । गीतमार्फत् सोही विषयवस्तुलाई यति गहिरो ढंगले दर्शाइएको छ कि यो गीत सुन्नेलाई अन्तरआत्मा अनि मनमस्तिष्कमा छठ पर्वको महत्त्व आभाष गराउँछ, अनि भावुक बनाउँछ ।

शाहका अनुसार, गीतमा खासगरी एउटा निसन्तान आमाको पीडा र बेदना देखाइएको छ । मधेश तथा भारतको बिहार, यूपीलगायतका क्षेत्रमा निसन्तान महिलालाई बाँझिन भनेर कसरी सामाजिक तथा मानसिक प्रताडणा दिइन्छ भन्ने कुरालाई गीतमार्फत् दर्शाउने प्रयास गरिएको शाहले बताए ।

यस्तै, गीतको अन्त्यमा छठी मातामाथि विश्वास गर्ने र पूजा गर्नेलाई सन्तान प्राप्ति भएको देखाइएको र यसले छठको महत्त्व बुझाउने गायक शाहको भनाइ छ । अत्यधिक लोकप्रिय बनिरहेका यस गीतका लेखक उमालाल यादव हुन् ।

यसैगरी, संगित रौशन सिंहले भरेका छन् भने भिडयो निर्देशन राजिव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनय भने गायक शाहसहित सिमा शर्मा, ममता मण्डल, बीबीशा लगायतको छ ।

नेपाल टेलिकम प्रायोजक रहेको यो गीत र यसको म्यूजिक भिडियो गायक शाहको सबैजसो गीत सार्वजनिक हुने गरेको आफ्नै आधिकारिक युट्युब च्यानल ुरविराज शाह अफिसियलुबाट सार्वजनिक गरिएको छ ।

नेपालको चर्चित रियालिटी शो ‘नेपाल लोकस्टार’बाट चर्चामा आएका शाह हिन्दी, नेपाली, भोजपुरी, मैथिलीलगायतका भाषामा लोभलाग्दो शैलीमा गीत गाउँछन् । उनले यसअघि विभिन्न भाषामा गाएका गीतहरू पनि निकै चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?