मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संवादमा समयविम्व नामक पुस्तक सार्वजनिक

काठमाडौँ – सम्वादमा समयविम्व नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा देशका २० जना विशिष्ट व्यक्तित्वहरुको जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदि विषयमा चर्चा गरिएका छन् ।

प्रशाशक, व्यंग्यकार, वैज्ञानिक, पत्रकार, प्राध्यापक, न्यायविद्, अभियन्ता, इन्जिनियर, राजनीतिज्ञ, चिन्तक, कार्यकर्ता, अर्थशाश्त्री, पूर्वमन्त्री, चिकित्सक, नेता, साहित्यकारका जीवनी तथा उनीहरुको पालामा भएगरेका विषयवस्तुहरुबारे चर्चा गरिएको छ ।

पुस्तकको सम्वादसारथीको भूमिकामा वरिष्ठ पत्रकार हरि अधिकारी रहेका छन्, अर्थात् उनलै उनीहरुसँंग भेटघाट गरी पुस्तक लेखेका हुन् । पुस्तकको प्रकाशन शव्दविम्व प्रकाशन प्रालि सूर्यविनायक नगरपालिका ८ भक्तपुरले गरेको छ । पुस्तक ४६८ पृष्ठ लामो रहेको छ । पुस्तकको मूल्य एक हजार दुई सय ५० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?