काठमाडौँ – अल्लु अर्जुनको पुष्पा २ र विक्की कौशलको छावा बीचको भिडन्त स्थगित हुने भएकाे छ । दुवै फिल्म एक दिनको अन्तरालमा डिसेम्बरको पहिलो साता रिलिज हुँदैछन् । तर अब छावाका निर्माताहरुले आफ्नो फिल्मको रिलिज मिति सार्ने सोचमा छन् । एक रिपोर्टमा अब यो फिल्म २०२५ को सुरुमा रिलिज हुन सक्ने बताइएको छ ।
‘पुष्पा २’ आगामी डिसेम्बर ५ मा हलमा रिलिज हुँदैछ । छावाको प्रारम्भिक रिलिज मिति डिसेम्बर ६ रहेको थियो । चलचित्र एक दिनको अन्तरले हलमा लाग्ने भएपनि यदि भिडन्त भयो भने त्यसले दुबै चलचित्रलाई कुनै न कुनै रुपमा असर पार्छ ।
तर, ‘पुष्पा २’ यस वर्षको बहुप्रतिक्षित फिल्म भएकाले यसको पहिलो भाग पनि निकै रुचाइएको हुनाले विक्की कौशलको प्रभावले द्वन्द्वको मार बेहोर्नु पर्ने स्पष्ट छ ।
बक्स अफिस वर्ल्डको रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै छावाका निर्माताहरू जनवरी २०२५ मा रिलिजको लागि राम्रो मितिको खोजीमा रहेको बताइएको छ । सबै कुरा ठिक भएमा निर्माण पक्षले फिल्मको रिलिज मिति परिवर्तन गर्नेछ । यद्यपी यसबारे आधिकारिक पुष्टि भने आउन बाँकी छ ।
छावाका निर्माताहरू आफ्नो फिल्मलाई अरूसँग प्रतिस्पर्धा नभएको समयमा रिलिज गर्न चाहन्छन् । यसो भयो भने उनको फिल्मले दर्शकको पुरै ध्यान जानेछ र यसले फिल्मको ब्यापारलाई टेवा पुग्ने छ । छावा हलमा रिलिजको तयारीमा छन् ।
छावालाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन् । यो फिल्म शिवाजी सावन्तको मराठी उपन्यासमा आधारित छ । यसमा छत्रपति शिवाजीका छोरा छत्रपति संभाजी महाराजको संघर्ष र वीरताको कथा देखाइएको छ ।
फिल्ममा विक्की कौशल संभाजी महाराजको भूमिकामा छन् । उनीसँगै फिल्ममा रश्मिका मन्डन्ना पनि छिन्, जो येसुबाई (संभाजी महाराजकी पत्नी) को भूमिकामा देखिनेछिन् । यी बाहेक दिव्या दत्त र अक्षय खन्ना पनि फिल्ममा देखिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया