काठमाडौँ – कुनै वेलामा चर्चित अभिनेता उत्तम प्रधानले फिल्म ‘कल्ली’मार्फत अभिनयमा पुनरागमन गर्ने भएका छन् ।
उत्तम प्रधान विगत एक दशकदेखि अभिनयमा सक्रिय छैनन् । उनले पछिल्लो पटक मुख्य भूमिकामा काम गरेको फिल्म ‘इशारा’ (२०१२) थियो ।
यसपछि उनी ‘दर्पण छायाँ २’मा अतिथि भूमिकामा देखिए । दशैंअघि एक म्युजिक भिडियोमा काम गरेका उत्तम अब फिल्ममा फर्किने फर्किन लागेका हुन् ।
‘कल्ली’ फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् ।
प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । निर्माता प्रमुख सुरज आचार्य हुन् भने यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदै छ ।
फिल्मको छायाङ्कन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।
‘कल्ली’मा उत्तम भित्रिएसँगै कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यसमा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल निश्चित भइसकेका छन् । अभिनेत्रीको भने टुङ्गो लाग्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया